नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’  « Khabarhub

नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्– ‘चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ’ 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर चुनावी मोर्चामा डट्ने पहल गरेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यसलाई समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा अघि बढ्ने पहल गरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘चुनाव, संसद् र सरकारलाई हेर्ने उपयोग र बहिष्कारको लेनिनवादी स्कुललाई बदलेर एकीकृत जनक्रान्तिको स्कुल अनुरूप समग्र संघर्षको मोर्चाका रूपमा आत्मसात गर्दै पार्टीलाई दर्ता गर्ने र चुनावी मोर्चामा डट्ने पहल गरेका छौँ।’

विप्लवले नयाँ स्कुल अनुरूप सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूसँग सहकार्य गर्दै देशको स्वाधीनता, नेपाली विशेषताको समाजवाद, जनताको विशेषतः युवाहरूको शिक्षा, रोजगारीका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार मात्रै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितको टोलीले निर्वाचन आयोगमा गएर ‘कम्युनिष्ट पार्टी नेपाल’ नामको पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : २२ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र