रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द  « Khabarhub

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म २ घण्टा सेवा ठप्प पारेका छन् । 

निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूको माग पुरा गर्नका लागि दवाव दिन भन्दै नेपाल नर्सिङ सङ्घले कात्तिक २ गते आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको थियो । 

जसमा कात्तिक ४ गतेदेखि ११ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने, १२ गतेदेखि १८ गतेसम्म दैनिक दुई घण्टा सेवा रोक्ने घोषणा गरेको थियो । संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यदलले १८ कात्तिकमा बुझाउने प्रतिवेदनपछि नयाँ कार्यक्रम घोषणा गर्ने जनाएको छ।

नर्सहरूले उठाएको मागलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ। जसको कार्यावधि छठपछि सात दिन तोकिएको छ ।

सङ्घको आह्वानमा नर्सहरू ४ कात्तिकबाट हातमा कालोपट्टी बाँधेर सेवामा रहेका थिए । नर्सहरू सेवा तथा सुविधासहितका विषयमा १५ सूत्रीय माग राखेर आन्दोलनमा रहेका छन् । 

यता निजी स्वास्थ्य संस्थाका सञ्चालकहरू भने उनीहरूले माग गरेको पारिश्रमिक दिन नसक्ने अडानमा रहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १ : १३ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको