‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ | Khabarhub Khabarhub

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा आफूलाई अमानवीय व्यवहार र अपमान गरेको दुई गायिका एलिना चौहान र कला लम्सालले आरोप लगाएपछि गायक पशुपति शर्माले यसबारे अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

उनले कुन आयोजक र कार्यक्रम हो किटान गरेका छैनन् । तर, उनले अहिले चर्चामा रहेको कार्यक्रम भनेर लेख्दा धेरैले ‘अब सुन्छ अमेरिका’ नै हुनुपर्ने आशंका गरेका छन् ।

आफूले पूर्वसंकेत पाएर उक्तको कार्यक्रमको सम्झौता भंग गरेको समेत पशुपतिले खुलाएका छन् । उनले कलाकारहरुलाई सुझाव दिँदै लेखेका छन्, ‘विदेश कार्यक्रममा जाँदा सोचेर बुझेर जाउ न कलकार साथीहरु । अहिले चर्चा भएका केही कार्यक्रम मैले सम्झौता भइसकेपछि केही समस्या हुने देखेरै सल्लाहमै रद्द गरेका हुँ ।’

याे पनि : टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो

पशुपतिले किटान नगरे पनि ‘अब सुन्छ अमेरिका’लाई नै लक्षित गरेको बुझिएको छ । स्रोतका अनुसार उनले यो कार्यक्रममा अमेरिका जान आयोजकसँग सम्झौता गरेर भंग गरेको थिए ।

फ्लाई नेपाल निकट स्रोत भन्छन्, ‘पशुपति पनि जाने कुरा भएको हो । तर, भिसा प्रक्रिया सुरु नुहँदै उहाँले जान्नँ भन्नुभयो । सहमतिमै उहाँ अमेरिका जाने कुरा रद्द गरिएको हो ।’

पशुपति मंगलबार साँझ राखेको उक्त स्ट्याट्सले विदेश कार्यक्रममा जानुअघि कलाकारलाई सोच्न बाध्य भने पारेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ०७ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले