‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ « Khabarhub

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा आफूलाई अमानवीय व्यवहार र अपमान गरेको दुई गायिका एलिना चौहान र कला लम्सालले आरोप लगाएपछि गायक पशुपति शर्माले यसबारे अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

उनले कुन आयोजक र कार्यक्रम हो किटान गरेका छैनन् । तर, उनले अहिले चर्चामा रहेको कार्यक्रम भनेर लेख्दा धेरैले ‘अब सुन्छ अमेरिका’ नै हुनुपर्ने आशंका गरेका छन् ।

आफूले पूर्वसंकेत पाएर उक्तको कार्यक्रमको सम्झौता भंग गरेको समेत पशुपतिले खुलाएका छन् । उनले कलाकारहरुलाई सुझाव दिँदै लेखेका छन्, ‘विदेश कार्यक्रममा जाँदा सोचेर बुझेर जाउ न कलकार साथीहरु । अहिले चर्चा भएका केही कार्यक्रम मैले सम्झौता भइसकेपछि केही समस्या हुने देखेरै सल्लाहमै रद्द गरेका हुँ ।’

याे पनि : टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो

पशुपतिले किटान नगरे पनि ‘अब सुन्छ अमेरिका’लाई नै लक्षित गरेको बुझिएको छ । स्रोतका अनुसार उनले यो कार्यक्रममा अमेरिका जान आयोजकसँग सम्झौता गरेर भंग गरेको थिए ।

फ्लाई नेपाल निकट स्रोत भन्छन्, ‘पशुपति पनि जाने कुरा भएको हो । तर, भिसा प्रक्रिया सुरु नुहँदै उहाँले जान्नँ भन्नुभयो । सहमतिमै उहाँ अमेरिका जाने कुरा रद्द गरिएको हो ।’

पशुपति मंगलबार साँझ राखेको उक्त स्ट्याट्सले विदेश कार्यक्रममा जानुअघि कलाकारलाई सोच्न बाध्य भने पारेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ०७ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले