आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड  « Khabarhub

आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गरौँ : प्रचण्ड 


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहाल (प्रचण्ड) आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् । 

देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू चरणबद्ध आन्दोलनमा रहेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्न समाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत छन् उनले भनेका छन् ।

नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने उनले बताएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  २ : ४९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क