‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश « Khabarhub

‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालगायक अशोक दर्जीको जीवनीमा आधारित कथामा बनेको फिल्म ‘मन बिनाको धन’को बुधबार बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्मको कथा गायक अशोकको जीवन यात्राबारे रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

झापामा सडकमा बसेर गीत गाउँदै पैसा संकलन गरेको अवस्थामा अशोकलाई गायक तथा संगीतकार टंक बूढाथोकीले संरक्षण दिएका थिए ।

टंकले अशोकलाई काठमाडौं ल्याए गायक बनाउनु साथै आफूसँग राखेर पढाइ रहेका छन् ।

यी घटनाक्रमलाई फिल्ममा मुख्यरुपमा प्रस्तुत गरिएको ट्रेलरले बताउँछ । ट्रेलरमा अशोकलले झापाको सडकमा गीत गाइरहेको दृश्य पनि राखिएको छ । काठमाडौं आएपछि स्कुलमा पढ्दाको उत्तारचढाव पनि ट्रेलरमा अटाइएको छ ।

अशोकको साथीको भूमिकामा टंकका छोरा एआर छ । वास्तविक जीवनमा एआर र आशोक मिल्ने साथीहरु हुन् ।

फिल्ममा नायिका नीता ढुंगाना स्कुलको शक्षिकाको भूमिकामा छिन् । नायक सरोज खनाललाई अशोकको स्कुलको प्रध्यानाध्यापकको भूमिकामा देखाइएको छ ।

फिल्ममा भोलाराज सापकोटा र रवीन्द्र मिश्रको समेत अभिनय रहेको छ ।

यही फिल्मबाट टंकले फिचर फिल्म लेखन र निर्देशनमा डेब्यू गरेका हुन् । टंक बूढाथोकी प्रडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्माता विष्णुमाया मैनाली हुन् ।

यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ लाई तोकिएको छ ।

ट्रेलरको लिंक :

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ३ : ४५ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै