नेप्से परिसूचकमा सामान्य अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अंकले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो । 

आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव शून्य एक, लघुवित्त शून्य दशमलव १३ र व्यापार समूह दुई प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको रु २३ करोड ६५ लाख २९ हजार १४३ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु बैंक लिमिटेडको छ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ०० बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

चितवन– भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

डडेल्धुरा– डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा

टीकापुर– कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा