जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी « Khabarhub

जेन-जी र सरकारसँगको बैठकमा एमालेले पठाएन शीर्ष नेता, महेश बर्तौला र क्षितिज थेबे सहभागी


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बुधबार बालुवाटारमा गरेको त्रिपक्षीय वार्तामा नेकपा एमालेबाट शीर्ष नेता सहभागी भएनन् ।

यसअघिको वार्तामा गएका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको साटोमा एमालेले युवा नेताहरू महेश बर्तौला र क्षितिज थेबेलाई पठाएको हो । जेन-जी पुस्ताका युवाहरूसँग वार्ताका लागि एमालेले पूर्वसचेतक बर्तौला र युवा संघका अध्यक्ष थेबेलाई पठाउने निर्णय गरेको हो ।

सरकार, राजनीतिक दल र जेन-जीबीचको त्रिपक्षीय राजनीतिक दलका नेताहरूतर्फ माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र माधव सापकोटा सहभागी छन् । उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट प्रकाश अधिकारी र नेता दीपक कार्की सहभागी छन् ।

उता एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रकाश ज्वाला र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे सहभागी छन् ।

राप्रपाबाट प्रवक्ता मोहन श्रेष्ठ र महामन्त्री राजेन्द्र गुरुङ सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा नेतृ निशा डाँगी र उपसभापति डा. स्वर्णिम वाग्ले सहभागी हुँदा एमालेबाट युवा नेताहरू महेश बर्तौला र क्षितिज थेबे सहभागी भएका हुन् ।

उता नेपाली कांग्रेसबाट वसन्त कुशवाह र डा. प्रकाशशरण महत सहभागी भएका छन् ।

अर्कातिर जेन-जीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : २१ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क