ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन « Khabarhub

ज्ञानेन्द्र शाहीले भने- जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा जानुको अर्थ छैन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा जानुको कुनै अर्थ नहुने बताएका छन्। 

उनले जेन-जी आन्दोलनको मर्मअनुसार व्यवस्था परिवर्तनका लागि संविधान संशोधन पहिलो सर्त हुनुपर्नेमा जोड दिए ।

बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच जारी त्रिपक्षीय वार्ताप्रति टिप्पणी गर्दै नेता शाहीले सामाजिक सञ्जालमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘आदरणीय जेन-जी मित्रहरू, संविधान संशोधन नगरी चुनावमा गइयो भने हात्ती आयो हात्ती आयो फुस्सा बाहेक केही हुँदैन। चुनावबाट व्यक्ति परिवर्तन हुन्छन्, तर देशको अवस्था परिवर्तन हुँदैन ।’

उनले आजको वार्ता संविधान संशोधन गरेर मात्रै चुनावमा जाने विषयमा केन्द्रित हुनुपर्ने बताए । राष्ट्रपतिले झुक्काएजस्तै आज दल र सरकारले युवाहरूलाई फेरि झुक्काउन सक्ने भन्दै उनले वार्तामा सहभागी जेन-जी प्रतिनिधिहरूलाई सचेत रहन आग्रह गरे ।

नेता शाहीले वार्तामा सहभागी भएका जेन-जी प्रतिनिधिहरूको नियतमाथि समेत शंका व्यक्त गरे । 

‘आज प्रधानमन्त्रीले बैठकमा बोलाएका जेन-जी नामधारीहरूमध्ये ८० प्रतिशत एनजिओका मान्छे जाँदैछन्,’ उनले दाबी गरेका छन्, ‘त्यसैले सच्चा राष्ट्रवादी युवा साथीहरू त्यो टिममा छौँ भने तिमीहरूकै टिमले धोका दिन सक्छ, होसियार हुनु ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : ४३ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको