एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा « Khabarhub

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकले एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियानअन्तर्गत मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरूका साथ सुधार गरेको एनसेलले जनाएको छ ।

एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरू सञ्चालनमा ल्याएको छ र ती स्थानहरू बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ । 

कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र  गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ ।

‘हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौँ । जनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौँ, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ । यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आम ग्राहकहरुलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ५ : ३९ बजे

राष्ट्रियसभा सदस्यमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित

मोरङ- आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि

र्‍याली भागदौड प्रकरण : सोधपुछका लागि सीबीआईले बोलायो थालपति विजयलाई

काठमाडौँ – दक्षिण भारतीय फिल्मका सुपरस्टार तथा राजनीतिमा उदाउँदै गरेका

पर्यटन प्रवर्द्धनका लागि निसान पदमार्गमा ‘पदयात्रा’

फिक्कल–  नेपाल एकीकरणताका पूर्वीसीमा विजय भएपछि गाडिएका ऐतिहासिक निसान फर्काइएका

रोकिएनन् गगन-विश्व : औपचारिक रुपमा अघि बढाए विशेष महाधिवेशनको तयारी

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी

आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा (तस्बिरहरू)

काठमाडौं– आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन गरिएको छ