जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक ! « Khabarhub

जब ठूलो पर्दामा आफूलाई देखेपछि टंकको अङ्गालोमा भक्कानिए अशोक !


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनीबाट प्रभावित कथामा गायक तथा संगीतकार टंक बुढाथोकीले बनाएको फिल्म ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक कार्यक्रममा यी दुईले रुदै एक-अर्कालाई अङ्कमाल गरेपछि महोल भावुक बन्यो ।

बानेश्वरस्थित एक हलमा बुधबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । यो फिल्म कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ । निर्देशक टंक नै हुन् ।

टंकलाई अशोकले बोलाउँदा ‘दाइ’ भनेर सम्बोधन गर्छन् । उनी टंकलाई ‘कर्म दिने बुवा’का भन्न रुचाउँछन् । यसको कारण प्रष्ट नै छ ।

झापामा सडक किनारामा बसेर गीत गाउँदै पैसा संकलन गर्ने गरिब परिवारका बालक अशोकलाई टंकले संरक्षण दिए । अशोकको गायन क्षमतालाई परिस्कृत ढंगले दर्शकमाझ पुर्‍याउन टंकको महत्त्वपूर्ण भूमिका छ ।

टंकले आशोकलाई काठमाडौं ल्याएर गायक बनाए । उनी आफैँ अभिभावक बनेर अशोकलाई पढाइ रहेका छन् ।

टंकले अशोकलाई फिल्मको नायक पनि बनाएका छन् । अशोकले आज टिजरमा आफैँलाई ठूलो पर्दामा देख्न पाए ।

त्यसपछि अशोकले भने, ‘मलाई आज फरक महसुस भएको छ । म नर्मस छु । कति बेला आशु झर्छ थाहा छैन ।’

बाटोमा गीत गाउँदै गरेको आफूलाई टंकले आफूलाई ठूलो पर्दामा प्रस्तुत गरिदिएकाले अशोकले फरक महसुस गरेका हुन् ।

अशोकले भने, ‘म बाटोमा गीत गाउले बालक थिएँ । यत्रो ठूलो पर्दामा देखिन लागेको छु । दाइ (टंक)का लागि ताली बजाइदिनु ।’

उनी टकंप्रति कृतज्ञ देखिए । टंकलाई धन्यवाद भन्ने उनको शैली उमेरभन्दा परिपक्क थियो ।

टंकले आफूलाई छोरालाई जस्तै समान व्यवहार गरेर महान् अभिभाव बनेको अशोकले सेयर गरे । यसको उदाहरण उनले लगाएको लुगाबाट दिए ।

टंकका छोरा एआर र आफूले एकै खालको सुट ल्याएर आउनुको कारण समान व्यवहार भएको अशोकले बताए ।

यो पनि : ‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश

उनले थपे, ‘टंक दाइले मलाई काठमाडौं ल्याउँदा एक गीत गाउन लगाएर फेरि बाटोमै छोड्छ भन्न आलोचन खोप्नुभएको थियो । दाइले एआर र मलाई समान व्यवाहार गर्नुहुन्छ । हामी एकै स्थानमा बस्छौं, एउटै खाना खान्छौं । दाइ महान हुनुहुन्छ ।’

सायद, अशोकलाई अझै बोल्न मन थियो । भक्कानिएपछि उनी बोल्न सकेनन् । हातले मुख छोपेर रुन लागे ।

अशोक रोएपछि टंकले अंगालोमा लिए । त्यसपछि अशोकले जोडसँग टंकलाई अंकमाल गरे । कार्यक्रम स्थलको माहोलमा सन्नाटा छायो ।

अर्थात्, सडकबाट उठाएर ठूलो पर्दामा उतार्ने टंकलाई अशोकले शब्दमा धन्यवाद दिन सकेनन् । यसबाट के पनि बुझ्न सकिन्छ भने- अहिले अशोकले त्यो सहज जीवन पाएका छन्, विगत सम्झदाँ आशु झर्छ ।

त्यसपछि अशोकलाई शान्त पार्न कार्यक्रम प्रस्तोताले गीत गाउन लगाए । अशोकले गीत गाएर सुनाए, ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन ।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ४१ बजे

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर प्रमुखलाई आग्रह

ललितपुर – ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा