अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : २ सय मेगावाट विद्युत् खेर, वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात र ५.१७ अंकले घट्यो नेप्से


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ । परिसूचक आज पाँच दशमलव १७ अंकले घटेर दुई हजार ५६६ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।

आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह दुई दशमलव १५, जलविद्युत् शून्य दशमलव शून्य एक, लघुवित्त शून्य दशमलव १३ र व्यापार समूह दुई प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ३४, विकास बैंक शून्य दशमलव ९१, वित्त शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ६४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २८, म्युचुअल फण्ड शून्य दशमलव शून्य आठ, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।

कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

डेडिकेटेड लाइन विवाद : उद्योगमा बिजुली काटेपछि थप २ सय मेगावाट विद्युत् खेर

नेपाल विद्युत् प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत् खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन् ।

उद्योगमा लाइन काट्नु अघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत् नियमित रूपमा खेर गइरहेको अवस्थामा धेरै विद्युत् खपत गर्ने दुई दर्जन ठूला उद्योगमा एकै पटक लाइन काटिदिएपछि कम्तीमा थप २०० मेगावाट विद्युत् खेर जान थालेको छ ।

अहिले वर्षातको समय सकिन लागेको तर सुख्खायाम सुरु नभइसकेको बेला भएकोले यति बेला सबैजसो आयोजना करिब पूर्ण क्षमतामा सञ्चालन हुने बेला हो ।

यति बेला पूर्ण क्षमतामा चलेका आयोजनाले बैंकलाई वर्षभरी तिर्न पुग्ने सावाँ ब्याज कमाउने बेला पनि यही हो । जेन-जी आन्दोलनको क्रममा देशभरका निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएपछि विद्युतको माग उसै पनि घटिरहेको थियो । सरकारले यहिबेला विद्युत् खपत गर्ने ठूला उद्योगको लाइन काटिदिएपछि ऊर्जा आयोजनाको ठूलो विद्युत् खेर जान थालेको हो ।

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

कमलामा १४ वर्षदेखि पुल अलपत्र, काठेपुल तरेबापत २० रुपैयाँ शुल्क

सार्वजनिक र निजी सम्पत्तिको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न मुख्यमन्त्री कँडेलको आग्रह

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

गत आर्थिक वर्षको पछिल्लो तीन महिनाको तुलनामा चालु आवको असोजसम्म ३४ अर्ब २३ करोड रुपैयाँ बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको जानकारी दिए ।

उनले भने, ‘वीरगञ्ज नाका हुँदै पछिल्लो तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड रुपैयाँ मूल्यको सामान भित्रिदा ५८ अर्ब २३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।’ जबकि गत आवको तीन महिनाको सोही अवधिमा एक खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ५६ बजे

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा