भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश « Khabarhub

भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज २३ को मन्त्रिपरिषद बैठकबाट भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने अन्तरिम सरकारो निर्णयलाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्च अदालतले सरकारको उक्त निर्णयलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भूमि आयोग खारेज गर्नु सरकारको निर्णयमा तत्कालका लागि अंकुश लगाएको हो ।

असोज २३ गते सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी