असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल « Khabarhub

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली  प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताए। 

उनले भने, ‘आजको अवस्था सामान्य छैन । संविधानमाथि आक्रमण भइरहेको छ । यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ ।’

उनले पार्टी केन्द्रको निर्देशन पर्खिनु नपर्ने बताउँदै सिर्जनात्मकरुपमा जनताबीच पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। 
 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ७ : ५६ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका