चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई काठमाडौँ महानगरपालिका–१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “काठमाडौँको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाइ सर्वसाधारणमा आतङ्क सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा हाम्रो टोलीले काठमाडौँ ढल्कूबाट पक्राउ गरेको हो ।”

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७।६२–२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान तथा ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निजहरु दुबै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ५६ बजे

प्रतिकूल मौसमले देशभरको हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ

एभरेष्ट बैंकको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३१औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ

काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर