चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ « Khabarhub

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई काठमाडौँ महानगरपालिका–१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “काठमाडौँको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाइ सर्वसाधारणमा आतङ्क सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा हाम्रो टोलीले काठमाडौँ ढल्कूबाट पक्राउ गरेको हो ।”

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७।६२–२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान तथा ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निजहरु दुबै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ५६ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।