दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध « Khabarhub

दक्षिण अफ्रिकाका अलराउन्डर वेन पार्नेल जनकपुर बोल्ट्समा आबद्ध


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाका अनुभवी अलराउन्डर वेन पार्नेल नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन्। उनले यस सिजनका लागि जनकपुर बोल्ट्ससँग सम्झौता गरेका हुन्।

जनकपुर बोल्ट्सले बुधबार सामाजिक सञ्जालमार्फत पार्नेललाई टिममा भित्र्याएको घोषणा गरेको हो। ३५ वर्षका पार्नेलले दक्षिण अफ्रिकाका लागि ३६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले त्यस अवधिमा ५९ विकेट लिएका छन् र ब्याटिङमा ३७४ रन बनाएका छन्।

पार्नेलले टी–२० बाहेक टेस्ट र एकदिवसीय दुवैमा पनि अफ्रिकी टोलीको प्रतिनिधित्व गरिसकेका छन्।अन्तर्राष्ट्रिय क्रिकेटसँगै उनले आईपीएल, बंगलादेश प्रिमियर लिग, द हन्ड्रेड र एसए–टि२० लिग लगायतका चर्चित फ्रेन्चाइज प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गरेका छन्।

उनको आगमनले जनकपुर बोल्ट्सलाई बलियो बनाउने विश्वास गरिएको छ। पार्नेलको अनुभव र आक्रमक शैलीले टोलीको बलिङ तथा ब्याटिङ दुवै विभागमा सन्तुलन ल्याउने अपेक्षा गरिएको छ। जनकपुर बोल्ट्सले अघिल्लो सिजनको एनपीएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : १९ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न