बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन « Khabarhub

बालुवाटार बैठकमा जेन्जीको प्रस्तावमा जेनजीकै खण्डन


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका प्रतिनिधिको संयुक्त बैठक सकिएको छ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कुरा राख्न सबैलाई आग्रह गरेसँगै बोल्नेक्रममा जेनजीका प्रतिनिधिले प्रत्यक्ष कार्यकारीको व्यवस्था अघि बढ्न दलहरुले सहयोग गर्न आग्रह गरेका थिए।

यो प्रस्ताव जेनजी प्रतिनिधि मिराज ढुंगानाले गरेका हुन्। उनले भनेका थिए, ‘प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि मात्र चुनाव गर्नुको कुनै अर्थ छैन।’

उनले यति भनेलगत्तै केही जेनजीेका अर्का प्रतिनिधिले त्यस विषयलाई अहिले नउठाउन आग्रह गरेका थिए।

छलफलमा सहभागी एक नेताले भने, ‘उहाँले कार्यकारीको कुरा उठाउँदा जेनजीले नै अहिले त्यसलाई नउठाइ चुनाव केन्द्रित कुरा गर्न, सुशासन र भ्रष्टाचारीलाई कारबाही गर्ने विषय उठाउन सुझाउनुभयो। उहाँले उठाएको कुरामा अरु छलफल भएन।’

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ५४ बजे

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा– सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु

रसुवामा नौ जनाको धरौटी जफत

रसुवा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका