वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज « Khabarhub

वेस्ट इन्डिजले एक खेल अगावै जित्यो बङ्गलादेशविरुद्धको टी–२० सिरिज


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ढाका – वेस्ट इन्डिजले बङ्गलादेशविरुद्धको दोस्रो टी–२० खेलमा १४ रनको जित निकाल्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो नाममा पारेको छ।

ढाकामा बुधबार सम्पन्न खेलमा पाहुना टोली वेस्ट इन्डिजले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको थियो। वेस्ट इन्डिजका लागि शाय होपले ३६ बलमा ५५ रन र एलेक अथानाजले ३३ बलमा ५२ रनको योगदान दिए।

बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने रिशाद होसैनले २ विकेट र नासुम अहमदले २ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा घरेलु टोली बङ्गलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा सीमित रह्यो। बङ्गलादेशका तानजिद हसनले ४८ बलमा ६१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

वेस्ट इन्डिजका बलरहरू मध्ये अकेल होसिन र रोमारियो शेफर्डले ३–३ विकेट लिए भने जेसन होल्डरले २ विकेट हात पारे।

यसअघि सिरिजको पहिलो खेलमा पनि वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो। लगातार दुई जितसँगै वेस्ट इन्डिजले सिरिज २–० ले आफ्नो पक्षमा पक्का गरेको छ। अब बाँकी तेस्रो खेल औपचारिकता मात्र बनेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : १५ बजे

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न