त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ « Khabarhub

त्रिपक्षीय छलफलमा एमालेले भन्यो– संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ


१२ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने बताएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेका प्रतिनिधिले जेनजीको माग सम्बोधन गरेर जान सकिने धारणा राखेका हुन्।

छलफलमा नेकपा एमालेका नेता महेश बर्ताैलाले भने, ‘सरकारले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन गरेको छ। यसलाई पुनःस्थापना गरेर जेनजीको माग सम्बोधन गर्न सकिन्छ।’

उता जेनजीहरुले भने चुनावका लागि सबैलाई सहयोग गर्न आग्रह गरे। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तय गरेको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : १० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२