एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया खेल्ने « Khabarhub

एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसिया खेल्ने


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

समूह चरणको खेलमा नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् ।

दोस्रो सेमिफाइनलमा ओमान र यूएई भिड्नेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ ।

यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ३२ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४