नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : शंकर पोखरेल « Khabarhub

नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक : शंकर पोखरेल


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक सङ्कटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका छन् ।

उनले एकताबद्ध भएर अगाडि बढ्दा सङ्कट पार लाग्ने बताए । ‘मुलुक सङ्कटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ।’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ– सम्भव छ ।’

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ।

महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन हुँदैछन् । एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : १६ बजे

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी