काठमाडौंबाट नजिकै रहेको ‘लाङटाङ पदमार्ग’ (तस्बिरहरू) « Khabarhub

काठमाडौंबाट नजिकै रहेको ‘लाङटाङ पदमार्ग’ (तस्बिरहरू)


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘लाङटाङ पदमार्ग’ काठमाडौंबाट नजिकैको पदमार्ग हो । यहाँबाट मनमोहक हिमशृङ्खलाको अवलोकन  गर्न सकिन्छ ।

असोज र कार्तिक  महिना पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यही सिजनमा  यो पदमार्गमा विदेशीहरू भन्दा बढी नेपालीहरू  भेटिन्छन् ।

लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाले पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गरी रहेको हुन्छ।

काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ ।

क्यामेराका लेन्सले  सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य  कैद गर्दै यात्रा गर्नु यस पदमार्गको अर्को पक्ष रहेको छ ।

‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने,  क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरूको आवागमन उस्तै देखिन्छ ।

काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ ।

माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा ।

स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चराचुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ ।

यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ३१ बजे

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै