‘टीपीएस’ विधिबाट आलुखेती « Khabarhub

‘टीपीएस’ विधिबाट आलुखेती


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गरेका छन् । चौधरीले आलुको बिँडाबाट प्राप्त वास्तविक बियाँ प्रयोग गरी नर्सरीमा बिरुवा उत्पादन गरेपछि खेतमा सारेर उनले बिरुवा रोपेका हुन् ।

चौधरीका अनुसार टिपिएस विधिबाट प्राप्त बिरुवा रोगप्रतिरोधी, स्वस्थ र बढी उत्पादन दिने भएकाले यसलाई प्राथमिकता दिएको बताए। 

‘पहिले बियाँ रोपेर वेर्ना बनायौँ, त्यसपछि खेतमा सारेर रोप्यौँ’, चौधरीले भने, ‘यसबाट आगामी वर्ष रोगमुक्त उच्च गुणस्तरको बीउ उत्पादन गर्ने लक्ष्य छ ।’

एक दशकदेखि व्यावसायिक तरकारीखेतीमा संलग्न चौधरीका लागि टीपीएस विधि बियाँ उत्पादनतर्फको प्रवेशको पहिलो अनुभवका रूपमा रहेको छ । आधुनिक आलु उत्पादन प्रविधि उपयोग गरेर बीउ उत्पादन लागत घट्ने, रोगको जोखिम कम हुने र उत्पादन वृद्धि हुने भएकाले नयाँ विधि अपनाएको चौधरीले बताए ।

हाल चौधरीले दुई कट्ठा क्षेत्रमा बियाँबाट तयार पारिएका आलुका बिरुवा रोपेका छन् । आउँदो वर्ष दश कट्ठा जग्गामा यसै विधिबाट उत्पादन भएको मूल बीउ रोपेर रोगमुक्त आलु बीउ उत्पादन गर्ने लक्ष्य राखेका छन् । टीपीएसबाट उत्पादन हुने बीउको मूल्य अधिक हुने भएकाले आम्दानीमा उल्लेख्य वृद्धि हुने उनको अपेक्षा रहेको छ । चौधरीले हाल आलुसँगै काउली, गोलभेडा, खुर्सानी, बन्दागोभी, तिते करेला, काँक्रा, लौका, फर्सी र तने बोडी गरी दश कट्ठा क्षेत्रफलमा विविध सागसब्जीखेती गर्दै आएका छन् ।

सागसब्जी उत्पादनबाट चौधरीले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । ‘टिपिएस आलुखेतीलाई भविष्यमा बीउ उत्पादन तथा आधुनिक तरकारी व्यवसाय विस्तारको मुख्य आधारका रूपमा लिएको छु’, उनले भने, ‘यसरी उत्पादन भएको आलुको बीउलाई व्यावसायिक रूपमा आलुखेती गर्ने किसानलाई उपलब्ध गराउने योजना छ ।’

पहिलो पुस्ताको आलुको बीउ प्रयोग गरी खेती गरिए उत्पादन बढ्नुका साथै छ वर्षसम्म बीउका रूपमा प्रयोग गर्न सकिने उनले बताए । यस प्रविधिबाट आलुको बीउ उत्पादन गर्न किसानलाई सिकाउने उनले उद्देश्य लिएका छन् । 

बाह्य जिल्लाका किसानले बियाँबाट बिरुवा तयार गरी आलु रोपेको देखेर चौधरीले त्यो तरिका सिकेर आलुको बीउ उत्पादनमा संलग्न भएका हुन् । 
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : २४ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको