स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण « Khabarhub

स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’ मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।

‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना उपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो । यस किसिमको मिसनमा विभिन्न कम्पनी, संस्था र अनुसन्धान समूहका साना उपग्रहहरू (जस्तै क्यूबस्याट, माइक्रोस्याट वा अन्य वैज्ञानिक उपकरणहरू) एउटै रकेटमा राखिन्छन् ।

 यसले एउटै प्रक्षेपणमा धेरै उपकरणहरू अन्तरिक्षमा पुर्‍याउन सकिने सुविधा दिन्छ र ठूलो खर्च पनि बचत हुन्छ । यसरी, साना र लागत प्रभावकारी मिसनहरू सफलतापूर्वक सञ्चालन गर्न सजिलो हुन्छ ।

‘ट्रान्सपोर्टर–१५’ नाम दिइएको यो मिशन क्यालिफोर्नियाको भ्यान्डेनबर्ग स्पेस फोर्स बेसबाट स्थानीय समय अनुसार बिहान १०ः४४ बजे फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको स्पेसएक्सले जनाएको छ ।

स्पेसएक्सका अनुसार मिशनमा कुल १४० पे–लोड (उपग्रह तथा अन्य उपकरण) रहेका थिए, जसमा क्यूबस्याट, माइक्रोस्याट, होस्टेड पे–लोड तथा कक्षान्तरण गर्ने साना यानहरू पनि समावेश थिए । ती मध्ये १३ पे–लोड भने पछि छुट्टै कक्षमा पठाइने छन् ।

स्पेसएक्सले सामाजिक सञ्जाल ‘एक्स’ मा भने अनुसार, यसको राइडशेयर कार्यक्रममार्फत यसअघि सम्पन्न र अहिले चलाएका मिशनहरू मिलाएर एक हजार ४०० भन्दा बढी पे–लोड सफलतापूर्वक कक्षामा पुर्‍याइसकिएका छन् ।
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ३२ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण