कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै « Khabarhub

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज पनि छलफल हुँदैछ ।

नेताहरूवीच सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा दिउँसो २ बजे छलफल हुनेछ ।

पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादमा रुमल्लिएर पटकपटक केन्द्रीय समिति बैठक सार्दै आएको कांग्रेसमा समस्या समाधानका लागि बिहीबारदेखि सभापति देउवासँग कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वयले छलफल गरिरहेका छन् ।

कांग्रेसमा १५औँ महाधिवेशन आगामी आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि भन्ने विषयमा विवाद रहँदा गत असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अझै टुङ्गिएको छैन ।

महामन्त्रीद्वय थापा र शर्मा पुसभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् भने देउवा पक्षीय नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । तर सभापति देउवाले भने छलफलका क्रममा आगामी पुसमा महाधिवेशन गर्न सकिने सङ्केत देखाएको बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ३७ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।