कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै « Khabarhub

कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज पनि छलफल हुँदैछ ।

नेताहरूवीच सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा दिउँसो २ बजे छलफल हुनेछ ।

पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादमा रुमल्लिएर पटकपटक केन्द्रीय समिति बैठक सार्दै आएको कांग्रेसमा समस्या समाधानका लागि बिहीबारदेखि सभापति देउवासँग कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वयले छलफल गरिरहेका छन् ।

कांग्रेसमा १५औँ महाधिवेशन आगामी आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि भन्ने विषयमा विवाद रहँदा गत असोज २८ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठक अझै टुङ्गिएको छैन ।

महामन्त्रीद्वय थापा र शर्मा पुसभित्र नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् भने देउवा पक्षीय नेताहरू प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नसकिने पक्षमा छन् । तर सभापति देउवाले भने छलफलका क्रममा आगामी पुसमा महाधिवेशन गर्न सकिने सङ्केत देखाएको बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १२ : ३७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको