लुम्बिनीले गुमायो तेस्रो विकेट, ३७ रन जोडेका डिकवेला ‘कट बिहाइन्ड’ « Khabarhub

लुम्बिनीले गुमायो तेस्रो विकेट, ३७ रन जोडेका डिकवेला ‘कट बिहाइन्ड’


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनीले तेस्रो विकेट गुमाएको हो ।

इनिङ्ग्सको १० ओभर २ बलमा लुम्बिनीका निरोशन डिकवेला आउट भए । उनी म्याट टेलरको बलमा कट बिहाइन्ड भए । २२ बल खेलेका उनले ३७ रन जोडे । यस क्रममा उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा लुम्बिनी लायन्सले यतिबेला पोखरा एभेन्जर्सको सामना गरिरहेको छ ।

खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनायो । अहिले लुम्बिनीले १५१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १ : ५३ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको