राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक « Khabarhub

राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले राजसंस्था समर्थकलाई काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न रोक लगाएको छ ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्न खोजेको थियो । तर ठूलो संख्यामा तैनाथ गरिएका प्रहरीले प्रदर्शन गर्न बिजुलीबजार पुग्नेहरुलाई त्यहाँबाट हटाएको थियो । 

सो क्रममा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजेपछि रोक लगाइएको प्रहरीले जानकारी दिएको छ । 

यसअघि सामाखुसी क्षेत्रमा प्रदर्शन गर्दै आएका राजावादीहरूले शनिबार भने बिजुलीबजारमा प्रदर्शन गर्न खोजेका थिए । 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : ११ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा