नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट « Khabarhub

नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । 

संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो  । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए । 

मलेसियाका मोहम्मद अक्रामले एक  विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि नितिस कुमार पटेलले चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक-एक विकेट लिए । 

कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू(१९ एसिया कपमा छनोट हुनेछन् । 
यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  २ : १४ बजे

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता र प्रसिद्ध कथा–पटकथा लेखक

भोजपुरमा चुनावी गस्तीमा निस्केको सेनाको टोली सवार बस दुर्घटना, ११ जना घाइते

भोजपुर- भोजपुरमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको

दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा

एजेन्सी– भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको

गगन थापाले भने : धेरैपटक अवसर पाउँदा सदुपयोग गरेनौँ, अबको पाँच वर्ष राष्ट्र निर्माणमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष

चिनियाँ रोबोटलाई भारतको गलगोटिया विश्वविद्यालयले आफ्नो भनेपछि…

नयाँ दिल्ली- भारत सरकारले नयाँ दिल्लीमा जारी एआई समिटको एक्सपो