हुम्लामा निःशुल्क आँखा शिविर « Khabarhub

हुम्लामा निःशुल्क आँखा शिविर


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्लाको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ५२० जनाले उपचार गराएका छन् । 

बिहीबारबाट सुरु भएको निःशुल्क आँखा शिविर तथा मोतीबिन्दु शल्यक्रिया शिविरमा ४० जनाको मोतीबिन्दु र एक जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको अदानचुली गाउँपालिका स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताए।

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराको आर्थिक एवं प्राविधिक सहयोगमा तथा अदानचुली गाउँपालिकाको समन्वयमा सञ्चालित तीनदिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चश्मा वितरण गरिएको छ ।

अदानचुली गाउँपालिकालगायत छिमेकी गाउँपालिकाका मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको सो शिविरमा हिमालय आँखा अस्पताल पोखरामा सेवारत नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीको नेतृत्वको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो ।

नेत्ररोग विशेषज्ञ डा पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताए । शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । न्यूनदृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरण गरिएको बताए। 

शिविर सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले समन्वय रहेको थियो ।
 

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ३ : ३८ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७