कृष्णमुर्तीले अर्धशतक हानेपछि जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य « Khabarhub

कृष्णमुर्तीले अर्धशतक हानेपछि जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससमक्ष १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे ।

उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ । प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

सुदूरपश्चिम आज विजयी भए प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ । आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : २२ बजे

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी