इनिङ्ग्सको पहिलो बलमै सुदूरपश्चिमले गुमायो विकेट, जोश ब्राउन ‘गोल्डेन डक’ « Khabarhub

इनिङ्ग्सको पहिलो बलमै सुदूरपश्चिमले गुमायो विकेट, जोश ब्राउन ‘गोल्डेन डक’


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पहिलो बलमै विकेट गुमाएको छ । जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले इनिङ्ग्सको पहिलो बलमै विकेट गुमाएको हो ।

इनिङ्ग्सको पहिलो बलमा जोश ब्राउन ‘गोल्डेन डक’ भए । उनलाई जनकपुरका माज शदाकतले आउट गरेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे ।

उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ । प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ ।

सुदूरपश्चिम आज विजयी भए प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ । आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ५ : ३६ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल