क्षयरोग नियन्त्रणमा कमजोर चासो, संक्रमण बढ्दै « Khabarhub

क्षयरोग नियन्त्रणमा कमजोर चासो, संक्रमण बढ्दै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूले क्षयरोग नियन्त्रणका लागि राज्यले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए  ।

कार्यक्रममा विज्ञ डा. नारायण कुमारले अस्पताल, समुदाय तथा घरमै उपचार गर्ने विश्वव्यापी मान्यता र प्रभावकारी विधि नेपालले पूर्ण रूपमा अवलम्बन नगरेको कारण क्षयरोगीको सङ्ख्या बढिरहेको बताए ।

उनले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएपनि रोग ढिला पहिचान हुनु र उपचार समयमै नहुने समस्या अझै चुनौती बढिरहेको धारणा राखे ।

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार नेपालमा करिब ७० हजार क्षयरोगीमध्ये ४३ हजार मात्र पहिचानमा परेका छन् बाँकि हजारौँ सङ्क्रमित पहिचानबाहिर रहेकाले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सरोकारवालाको भनाइ छ । यस्तै, प्रत्येक वर्ष करिब १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुनु देशको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती भएको पनि कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो ।

क्षयरोग नियन्त्रण, निवारणमा सक्रिय अग्रणी नेपाल क्षयरोग निवारण संस्थाले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ०९ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण