क्षयरोग नियन्त्रणमा कमजोर चासो, संक्रमण बढ्दै « Khabarhub

क्षयरोग नियन्त्रणमा कमजोर चासो, संक्रमण बढ्दै


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरोकारवालाले नेपाल सरकारले क्षयरोग नियन्त्रणमा पर्याप्त चासो नदिँदा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था मोरङले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूले क्षयरोग नियन्त्रणका लागि राज्यले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा विज्ञ एवं चिकित्सकले आगामी पुस्तालाई सुरक्षित राख्न क्षयरोग नियन्त्रणलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिए  ।

कार्यक्रममा विज्ञ डा. नारायण कुमारले अस्पताल, समुदाय तथा घरमै उपचार गर्ने विश्वव्यापी मान्यता र प्रभावकारी विधि नेपालले पूर्ण रूपमा अवलम्बन नगरेको कारण क्षयरोगीको सङ्ख्या बढिरहेको बताए ।

उनले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएपनि रोग ढिला पहिचान हुनु र उपचार समयमै नहुने समस्या अझै चुनौती बढिरहेको धारणा राखे ।

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार नेपालमा करिब ७० हजार क्षयरोगीमध्ये ४३ हजार मात्र पहिचानमा परेका छन् बाँकि हजारौँ सङ्क्रमित पहिचानबाहिर रहेकाले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सरोकारवालाको भनाइ छ । यस्तै, प्रत्येक वर्ष करिब १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुनु देशको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती भएको पनि कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो ।

क्षयरोग नियन्त्रण, निवारणमा सक्रिय अग्रणी नेपाल क्षयरोग निवारण संस्थाले प्रत्येक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाउने गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : ०९ बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७