दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

दाङमा पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिकअप भ्यानको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आउँदै गरेको केसी सवार रा२प ११५६ नम्बरको मोटरसाइकललाई घोराही–तुलसीपुर खण्डअन्तगर्त घोराही उपमहानगरपालिका–१० नारायणपुरको पशुपति बोर्डिङ स्कुल नजिकै शुक्रबार ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठक्कर दिने पिकअप भ्यानका चालकसहित सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार मृतको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ६ : २९ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको