पाँच खेलमा शत प्रतिशत नतिजा निकालेको सुदूरपश्चिम प्लेअफमा « Khabarhub

पाँच खेलमा शत प्रतिशत नतिजा निकालेको सुदूरपश्चिम प्लेअफमा


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिमले पाँच खेलमा शत प्रतिशत जित दर्ता गर्‍यो । यससँगै सुदूरपश्चिम लिग चरणका दुई खेल खेल्नुअघि नै प्लेअफ पुगेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले खेल सकिनु १४ बल अघि नै चार विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ५६ रन बनाए । ३५ बलको सामना गरेका उनले ८ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, विकेटकिपर ब्याटर विनोद भण्डारीले ४९ बलमा ४२ रन जोडे । यस क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे ।

जनकपुरका माज शदाकतले दुई विकेट लिए । त्यसैगरी, सञ्जय कृष्णमुर्ती र आदित्य महताले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १ सय ४५ रन बनायो ।

जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले अर्धशतक प्रहार गरे । उनले ३८ बलको सामना गर्दै चार चौका र दुई छक्का प्रहार गरे । त्यसैगरी जनकपुरका यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन जोडे ।

सदूरपश्चिमका अभिनाश बोहरा एक्लैले चार विकेट लिए । त्यसैगरी स्कट कुगलाइनले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ७ : १४ बजे

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा

बझाङ–बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ– कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि

मेसी बने लिग्स कप इतिहासकै सर्वाधिक गोलकर्ता

काठमाडौँ – फिफा विश्वकपको थकान मेटाएर फर्किएका कप्तान लियोनेल मेसीको

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक बस्दैछन्