सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ « Khabarhub

सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

धनुषा – यहाँ सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएअनुसार बालिका बलात्कार आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६७ वर्षीय रामभगत साहलाई पक्राउ गरिएको हो ।

आरोपी साहले आज बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : १६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको