लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने « Khabarhub

लहान नगरपालिकाद्वारा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस अभियानबाट हालसम्म हजारौँ विपन्न नागरिक लाभान्वित भइसकेका छन् ।

आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामीको नगरपालिकाले निःशुल्क उपचार सेवा सुनिश्चित गर्दै आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरिरहेको हो । यसै क्रममा आज आयोजित निःशुल्क आँखा जाँच शिविरबाट १७५ जनाले सेवा पाएका छन् । लहान–२० र २१ मा सञ्चालित उक्त शिविरमा १७५ जनाले आँखा जाँच गराएका हुन् ।

आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार जाँच गरिएकामध्ये ५८ जनामा मोतियाविन्दु पत्ता लागेको छ । पहिचान भएका सबै बिरामीको निःशुल्क शल्यक्रियाका लागि नगरबसबाट सगरमाथा अस्पतालसम्म पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

संयोजक यादवले भने, “आजको शिविरबाट मोतियाविन्दुका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका ५८ जना बिरामी पहिचान भएका छन् । उहाँहरूको सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार गरिनेछ । विपन्नका लागि रु पाँच हजारदेखि रु १० हजारसम्म खर्च लाग्ने शल्यक्रिया निःशुल्क हुँदा उहाँहरूमा नयाँ उत्साह थपिएको छ ।”

लहान नगरपालिकाको २४ वटै वडामा तीन वर्षदेखि सञ्चालन गरिरहेको यस शिविरले विपन्न समुदायको आँखाको स्वास्थ्यमा ठूलो परिवर्तन ल्याएको छ । शिविर संयोजक यादवले दिनुभएको हालसम्मको तथ्याङ्कअनुसार एक हजार ९०५ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । सात हजार बिरामीलाई औषधि र तीन हजारलाई निःशुल्क चस्मा दिइएको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले विपन्न नागरिकको निःशुल्क आँखा जाँच र शल्यक्रियाका लागि नगरले हालसम्म रु २५ लाख खर्च गरेको जानकारी दिए । उनले आफ्नो कार्यकालमा आँखा रोगबाट पीडित कुनै पनि विपन्न समुदाय नरहने दाबी गर्दै यो वर्ष करिब एक हजार जनाको मोतियाविन्दुको निःशुल्क उपचार गर्ने योजना रहेको बताए ।

गाउँगाउँमा रहेका बिरामीको पहिचान गरी उपचार गर्ने नगरको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले ‘दृष्टि नहुनेहरूका लागि लहान नगरपालिका सहारा बनेको’ बताए ।

लहान नगरपालिकाले थालेको यो प्रेरणादायी अभियान मधेस प्रदेशका अन्य स्थानीय तहमा समेत विस्तार भइरहेको छ । अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीका अनुसार लहानसहित सिरहा र सप्तरीका १७ वटा पालिकामा यस किसिमको शिविर तथा शल्यक्रिया सेवा सञ्चालन भइरहेको छ । लहान नगरपालिकाको यो कदमले अन्य पालिकालाई पनि विपन्नको स्वास्थ्य सेवामा लगानी गर्न प्रोत्साहन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ८ : ५९ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न