राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र « Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न पाँचवटा मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

आज प्रधानमन्त्रीसँग भेट गरी अध्यक्ष राजेन्द्र लिङ्देन नेतत्वमा ज्ञापनपत्र बुझाइएको हो । उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, वरिष्ठ उपाध्यक्ष रोशन कार्की, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, महामन्त्री राजेन्द्र गुरुङ र महामन्त्री शरद्राज पाठकलगायत सहभागी थिए ।

राप्रपाले आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि भविष्यमा कसैले आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणको माग गरेको छ ।

त्यसका लागि राजनीतिक दल र जेनजीलगायत पक्षधर सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम गर्नुपर्ने र अब हुने आमनिर्वाचनमै अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव रहेको र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरेको छ ।

‘जेनजी’ प्रदर्शनमा सहभागी भएकै कारण प्रदर्शनका सहभागीलाई पक्रने, मुद्दा लगाउने जस्ता काम भइरहेकाले यस्ता कार्य तत्काल रोक्नुपर्ने, प्रदर्शनका क्रममा भएका सहिद भएकाहरूका परिवार र घाइतेका माग अविलम्ब पूरा गर्न, सरकारसँग विभिन्न माग लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेकाहरूलाई उपेक्षा गर्न नहुने र वार्ता तथा संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास गर्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ३० बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण