रास्वपा र विवेकशीलबीच आइतबार एकता हुने « Khabarhub

रास्वपा र विवेकशीलबीच आइतबार एकता हुने


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, आइतवार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय भएकोे प्रवक्ता मनिष झाले जानकारी दिए । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पनि यसअघि नै रास्वपासँग एकता गर्ने निर्णय गरिसकेको थियो ।

प्रवक्ता झाले भने, “हामी विवेकशीलसँग मात्र होइन असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यमा छौँ । त्यहीअन्तर्गत विवेकशीलसँग एकता र आइतवार घोषणासभा गर्ने निर्णय भएको छ ।”

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो ।

विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो ।रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भएको थियो । उक्त दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ४१ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको