एनपीएलः ईशान पाण्डेले बने अर्धशतक हान्ने १७औँ खेलाडी « Khabarhub

एनपीएलः ईशान पाण्डेले बने अर्धशतक हान्ने १७औँ खेलाडी


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काएका छन् । जनकपुर बोल्ट्सविरूद्ध उनले ३३ बलमा आठ चौका र एक छक्काको मद्दतमा उनले अर्धशतक पूरा गरे ।

योसँगै उनी जारी सिजनमा अर्धशतक हिर्काउने १७औँ खेलाडी बनेका छन् । यो अर्धशतकले अर्धशतकको सङ्ख्या २१ पुगेको छ ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् ।

कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ४८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने