लुम्बिनीका प्रशिक्षक खकुरेल भन्छन्ः प्लेअफमा पुग्नेमा आशावादी छौं « Khabarhub

लुम्बिनीका प्रशिक्षक खकुरेल भन्छन्ः प्लेअफमा पुग्नेमा आशावादी छौं


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेल जित्न सके प्लेअफको सम्भावना अझ बलियो हुने आशा व्यक्त गरेका छन्। पोखरा एभेन्सर्जमाथि जितपछि खकुरेलले भने, “गणितीय हिसाबले केही खेलको परिणामले असर पर्न सक्छ, तर हामी प्लेअफ पुग्नेमा आशावादी छौं।” उनले टिम अहिले राम्रो लयमा रहेको र बाँकी खेल जित्ने सम्भावना रहेको पनि बताए।

टी२० क्रिकेटमा ओपनिङ साझेदारी महत्वपूर्ण भए पनि लुम्बिनीका ओपनरहरूले अझ मेहनत गर्नुपर्ने प्रशिक्षकको भनाइ छ। “खराब लय आए पनि खेलाडीले आफ्नो प्रोसेसलाई निरन्तरता दिनुपर्छ,” उनले स्पष्ट पारे।

खेलपछिका प्रतिक्रियामा लुम्बिनीका मालिकले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेपनि, खकुरेलले भने कि टिममा आवश्यक लगानी भएपछि मालिकले पनि नतिजा अपेक्षा गर्नु स्वाभाविक हो। तर उनले जोड दिए, कहिलेकाहीँ राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने हुनसक्छ।

सन्दर्भको लागि उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १७ वर्षपछि उपाधि जितेको उदाहरण समेत दिएका छन्। खकुरेलले भने, “टीम राम्रो हुँदा पनि परिणाम आउन समय लाग्न सक्छ। तर अहिले हाम्रो मालिक सकारात्मक छन् र टिमको आत्मविश्वास बढेको छ।”

अन्तमा उनले खेलाडी सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्ने अपेक्षा राखेको र हालको जितले आगामी खेलमा टिमलाई थप आत्मविश्वास दिने विश्वास व्यक्त गरे। हार भएको खेलमा धेरै रणनीतिहरू काम नगरेको भए पनि यो जितले टिमको मनोबल मजबुत बनाएको उनले बताए।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ५९ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४