महाधिवेशन प्रतिनिधि बन्न पाएनन् एमाले अछामका अध्यक्ष « Khabarhub

महाधिवेशन प्रतिनिधि बन्न पाएनन् एमाले अछामका अध्यक्ष


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एघारौँ महाधिवेशनका लागि अन्य सबै जिल्लाका अध्यक्षहरू छानिँदा अछाममा भने अनौठो दृश्य देखिएको छ । अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिहरूको छनोट भइरहँदा अध्यक्ष शिवप्रसाद उपाध्याय नै रोकिएका छन् ।

यहाँ एमाले अछामका अध्यक्ष उपाध्यायले आफ्नो नोमिनेशन नै फिर्ता लिनुपर्ने अवस्था आएको छ। खुलातर्फको चारवटा कोटमा उपाध्यक्षसहित ६ जनाको उम्मेदवारी परेको थियो। चार जनाको कोटमा ६ जनाको उम्मेदवारी परेपछि अध्यक्ष उपाध्यायले नै पछि हट्नु परेको छ।

उनी र प्रदेश कमिटी सदस्य भीमबहादुर विष्टले उम्मेवारी फिर्ता लिएपछि अन्य चारजना सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेका छन् ।

चुनाव भएको अवस्थामा परिणाम आफ्नो पक्षमा पर्न नसक्ने डरका कारण उपाध्याय पछि हटेको एमालेकै एक नेताले बताएका छन् । उपाध्याय र विष्ट पछि हट्दा पूर्वअध्यक्ष चन्द्रबहादुर बोहोरा, पूर्वसचिव भीमबहादुर रावल ‘कालोटोपी’, पूर्वउपाध्यक्ष बलबहादुर कुँवर र पूर्वप्रदेश कमिटी सदस्य बमबहादुर बिसी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका छन्।

अध्यक्ष उपाध्यक्ष र नेता विस्ट पछि हट्दा खुलामा चारैजना निर्विरोध चयन भएका छन् । एमालेबाट निकालिएपछि नेकपामा सक्रिय भीम रावलको जिल्लासमेत रहेको अछाममा पछिल्लो समय एमाले दिनदिनै कमजोर बनिरहेको छ। त्यहाँ एकपछि अर्का कार्यकर्ताले पार्टी छाडिरहँदा जिल्ला अध्यक्ष नै महाधिवेशन प्रतिनिधि चयन हुन नसकेको अर्को अनौठो घटना भएको छ।

यो क्षेत्रबाट महिलामा दुईजना सरिता उपाध्याय र निर्मलाकुमारी धमला महाधिवेशन प्रतिनिधि भएका छन् । उता ४० वर्षमुनिको कोटाबाट टोपबहादुर शाही महाधिवेशन प्रतिनिधि बनेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ०२ बजे

१२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन 

काठमाडौं–  बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा