ट्रम्पको चेतावनी: भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ गर्नुपर्छ « Khabarhub

ट्रम्पको चेतावनी: भेनेजुएलाको हवाई क्षेत्र ‘पूर्ण रूपमा बन्द’ गर्नुपर्छ


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलामाथि तथा त्यस वरपरको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द’ मान्नुपर्ने कडा चेतावनी जारी गरेका छन् । वामपन्थी नेता निकोलस मदुरोसँगको लामो समयदेखि चलिरहेको राजनीतिक तथा कूटनीतिक गतिरोधमा यो नवीनतम वृद्धि मानिएको छ ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेख्दै अनुरोध गर्नुभयो, “सबै एयरलाइन्स, पाइलटहरू, लागुऔषध व्यापारीहरू तथा मानव बेचबिखनकर्ताहरूका लागि, कृपया भेनेजुएलाको आकाश र वरपरको आकाशलाई यसको सम्पूर्ण क्षेत्रमा बन्द भएकोजस्तै विचार गर्नुस् ।” उनले आफूले दिएको चेतावनीको कारण वा सम्भावित कदमबारे थप विस्तृत विवरण भने प्रस्तुत गरेका छैनन् ।

यसबीच, अमेरिकी प्रशासनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाजसहित ठूलो सैन्य शक्ति तैनाथ गर्दै भेनेजुएलामाथि दवाव बढाइरहेको अवस्थामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।

वासिङ्टनले यो सैन्य गतिविधि लागुऔषध तस्करी रोक्नका लागि गरिएको दाबी गर्दै आएको छ, तर काराकासले भने यो बहानामार्फत शासन परिवर्तन नै अन्तिम लक्ष्य रहेको आरोप दोहो¥याउँदै आएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुदेखि क्यारिबियन सागर तथा पूर्वी प्रशान्त क्षेत्रमा भेनेजुएलासँग जोडिएका २० भन्दा बढी लागुऔषध तस्करीमा संलग्न मानिएका जहाजहरूलाई लक्ष्य गरी कारबाही गरेको थियो, जसमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ । तर वासिङ्टनले यी जहाजहरू वास्तवमै लागुऔषध तस्करीमा प्रयोग गरिएको वा अमेरिकामाथि खतरा बनेको ठोस प्रमाण सार्वजनिक गर्न सकेको छैन ।

विस्तारित सैन्य अभियान र लगातार भइरहेका कारबाहीका कारण क्षेत्रीय तनाव झन् चुलिन पुगेको छ । यसैबीच न्युयोर्क टाइम्सले शुक्रबार प्रकाशित गरेको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्प र राष्ट्रपति मदुरोबीच गत हप्तामात्रै फोन वार्ता भएको र सम्भावित रूपमा संयुक्त राज्य अमेरिकामा प्रत्यक्ष भेटबारे पनि प्रारम्भिक छलफल भएको उल्लेख छ ।

ट्रम्पले भेनेजुएलाबाट आउने लागुऔषध तस्करी रोक्न लागिएको प्रयास ‘महत्त्वपूर्ण चरणमा आइपुगेको’ भन्दै काराकाससँगको तनावलाई सार्वजनिकरूपमा बढाएको एक दिनपछि दुवै नेताबीचको फोन संवादबारेको यो समाचार सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ४५ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ