आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव « Khabarhub

आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक परिवर्तन भइरहे पनि जनताको अर्थिक तथा समाजिक सुधार नभएकाले पटकपटक समस्या आइरहेको बताएका छन् ।

आज जनकपुरमा दलित, पिछडावर्ग, थारू आदिवासी र अल्पसङ्ख्यक (डोटिम) परिसङ्घको धनुषा जिल्लास्तरीय बृहत् अन्तरक्रियामा उनले आर्थिक, सामाजिक परिवर्तनविना राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने धारणा राखे ।

अध्यक्ष यादवले अबको क्रान्ति आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि डोटिम परिसङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

“समाजको पिँधमा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने रहेछ । समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य र आर्थिक सामाजिक रुपान्तरणले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ”, उनको भनाइ थियो ।

उनले दलित, पिछडावर्ग, अल्पसङ्ख्यकहरु छुट्टाछुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै एकजुट भएर लड्नका लागि अपिल गरे ।

डोटिम परिसङ्घका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको कार्यक्रममा परिसङ्घका सल्लाहकार डा पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे आफ्नो विचार प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ५३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको