आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव « Khabarhub

आर्थिक-सामाजिक सुधारविना परिवर्तन असम्भवः अध्यक्ष यादव


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक परिवर्तन भइरहे पनि जनताको अर्थिक तथा समाजिक सुधार नभएकाले पटकपटक समस्या आइरहेको बताएका छन् ।

आज जनकपुरमा दलित, पिछडावर्ग, थारू आदिवासी र अल्पसङ्ख्यक (डोटिम) परिसङ्घको धनुषा जिल्लास्तरीय बृहत् अन्तरक्रियामा उनले आर्थिक, सामाजिक परिवर्तनविना राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने धारणा राखे ।

अध्यक्ष यादवले अबको क्रान्ति आर्थिक र सामाजिक रुपान्तरणका लागि हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि डोटिम परिसङ्घ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

“समाजको पिँधमा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने रहेछ । समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य र आर्थिक सामाजिक रुपान्तरणले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछ”, उनको भनाइ थियो ।

उनले दलित, पिछडावर्ग, अल्पसङ्ख्यकहरु छुट्टाछुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै एकजुट भएर लड्नका लागि अपिल गरे ।

डोटिम परिसङ्घका केन्द्रीय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको कार्यक्रममा परिसङ्घका सल्लाहकार डा पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र आगामी कार्यदिशाबारे आफ्नो विचार प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : ५३ बजे

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको