एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो : दाहाल « Khabarhub

एकता सभा आत्मआलोचित हुने ‘मञ्च’ पनि हो : दाहाल


१३ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले सातवटै प्रदेशमा भइरहेका एकता सभा आत्मआलोचित हुने मञ्च पनि भएको बताएका छन् ।

आज यहाँ लमहीमा भएको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभामा उनले विगतमा गरेका कम्जोरीलाई सच्याउँदै राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताको पक्षमा अझ दृढ भएर लाग्ने प्रतिबद्धतासहित पार्टीले सभा आयोजना गरिरहेको बताए ।

“विकास निर्माणमा कहाँ चुक्यौँ, जनताका समस्या समाधान गर्न हामी कहाँ कमजोरी भए ? यस्ता कुराहरूको कमजोरी खोतल्ने, सच्याउने र आत्मालोचना गर्ने सभा पनि हो यो”, संयोजक दाहालले भने ।

मुलुकका भएका १५ वटा कम्युनिष्ट पार्टीबीच एकता गरेर विगतका कमजोरीलाई स्वीकार गर्दै जनताको सेवामा अझ प्रतिबद्ध भएर लाग्ने सङ्कल्पका रूपमा पनि सभालाई आफूहरूले उपयोग गरिरहेको उनको भनाइ थियो । संयोजक दाहालले विगतका कमजोरी दोहोरिन नदिने तथा उत्पीडित समुदायसँग सम्बन्धलाई दह्रो बनाएर अर्को लडाइँ लड्न पनि एकता आवश्यक भएको धारणा राखे ।

संयोजक दाहालले भने,“यो एकता चुनाब जित्नका लागि नभई राष्ट्रको रक्षा, जनताको स्वतन्त्रता, विदेशी हस्तक्षेप अन्त्य गर्नका लागि एकता भएको हो । अहिले जस्तो सङ्कट देशमा कहिल्यै थिएन । भदौ २४ गतेको विध्वंश हामीले देख्यौँ, त्यसले सार्वभौमसत्ता सम्पन्न नागरिक र राज्य संयन्त्र यति कमजोर भएको हो रु ती सबै विध्वंश जोगाउन नसक्ने अवस्थामा राज्य रहेको हो रु यो निकै असाधारण परिस्थिति हो । यसबाट सिकेर हामी आफैँ बदलिएर जनताका निम्ति जस्तोसुकै बलिदानी गर्न सङ्कलन लिएर अगाडि आएका छौँ ।”

सभामा सहसंयोजक माधवकुमार नेपाल, नेता बामदेव गौतम, भीम रावल, वर्षमान पुन, रेखा शर्मा, चिरण पुनलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १० : १९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको