पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै « Khabarhub

पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वगृहमन्त्री रमेश लेखक आज बयानका लागि भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा जाँदैछन् ।

जेनजी आन्दोलनताका गृहमन्त्री रहेका लेखकमाथि आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान लागेका हुन् ।

लेखकले आयोगले सोधका प्रश्नको जवाफ दिँदै उक्त दिनको घटनाबारे जानकारी गराउने छन् । आयोग स्रोतका अनुसार लेखकलाई दिउँसो १२ बजे बयानका लागि बोलाइएको छ ।

आयोगमा बयान दिएपछि लेखकले पत्रकारलाई जानकारी दिन कार्यक्रम राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा उनले पत्रकारसँग भेटघाट कार्यक्रम राखेका हुन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : ०३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको