साजिद खान छायांकनका क्रममा घाइते भएपछि… « Khabarhub

साजिद खान छायांकनका क्रममा घाइते भएपछि…


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड फिल्म निर्माता तथा निर्देशक साजिद खान मुम्बईमा छायांकनका क्रममा घाइते भएपछि अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’का अनुसार एकता आर. कपूरले निर्माण गरिरहेको फिल्मको सुटिङका बेला उनको खुट्टा फ्र्याक्चर भएको हो।

घटनापछि साजिदलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार आइतबार गरिएको शल्यक्रिया सफल भएको र हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी दिदी तथा चर्चित निर्देशक फराह खानले जानकारी दिएकी छन्।

 शल्यक्रियापछि फराह खानले साजिदको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै भनिन्, ‘शल्यक्रिया सफल भएको छ। अहिले उनी ठीक छन् र आराम गरिरहेका छन्।’

चिकित्सकको निगरानीमा रहेका साजिद उपचारप्रति राम्रो प्रतिक्रिया दिइरहेका छन्। पूर्ण रूपमा निको भएपछि मात्र काममा फर्किने तयारी रहेको परिवारले जनाएको छ।

५५ वर्षका साजिद खान लामो समयपछि निर्देशनमा पुनः सक्रिय हुने तयारीमा थिए। उनको अन्तिम निर्देशित फिल्म सन् २०१४ मा रिलिज भएको कमेडी फिल्म ‘हमशकल्स’ हो। 

यसअघि ‘हे बेबी’, ‘हाउसफुल’ र ‘हाउसफुल २’ जस्ता सफल फिल्ममार्फत उनले बलिउडको कमेडी विधामा आफ्नो पहिचान बनाएका थिए। दुर्घटनापछि प्रशंसक र फिल्मकर्मीहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : ०८ बजे

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा