एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप « Khabarhub

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य ‘काकु’ र अर्जुन घिमिरे ‘पाँडे’ले यही वर्ष फिल्म निर्देशनमा हात हाल्दा एकले सफलता र अर्काले असफलता अनुभव गरेका छन् ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको फिल्म ‘परान’बाट दीपकले निर्देशनमा डेब्यू गरेका हुन् । यो नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने चौथो फिल्म बनेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले कात्तिक १४ देखि पुस १२ गतेसम्म १७ करोड ६३ ग्रस कलेक्सन गरेको छ । यो फिल्म हेर्नका लागि ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएको छ ।

डेब्यू फिल्ममै दीपकले ठूलो व्यापारिक सफलता हात पारेका हुन् । उनले इतिहास कायम गरेका छन् ।

अर्का कलाकार अर्जुनको डेब्यू भने सुखद रहेन । यो फिल्मले सुरुवाती ९ प्रदर्शन दिनमा मात्रै ६२ लाख ६९ हजार ग्रस कलेक्सन गरेको छ । बोर्डका अनुसार पुस ४ देखि १२ गतेसम्म यो फिल्म हेर्न १९ हजार ७९३ वटा टिकट बिक्री भएको छ ।

समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यो फिल्मको व्यापार सुरुवातदेखि नै कमजोर छ । व्यापारिक रुपमा फिल्म फ्लप भएपछि अर्जुन भने हलले शो कम दिँदा राम्रो ग्रस कलेक्सन नभएको तर्क गरिरहेका छन् ।

यस बेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गीत गाउँदा पनि यो फिल्मको हाइप बढेन । बालेनले यस फिल्ममा समावेश गीत ‘आम नेपाली बुवा’ गाएका हुन् ।

‘परान’ र ‘झरिपछिको इन्द्रेणी’को व्यापारमा १७ करोड चार लाखको अन्तर छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ३८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको