एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप « Khabarhub

एकै सिरियलका दुई कलाकारको डेब्यू निर्देशन : दीपकको ‘परान’ सुपरहिट, अर्जुनको ‘झरीपछिको इन्द्रेणी’ फ्लप


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनि’बाट चर्चामा आएका दुई कलाकार दीपक आचार्य ‘काकु’ र अर्जुन घिमिरे ‘पाँडे’ले यही वर्ष फिल्म निर्देशनमा हात हाल्दा एकले सफलता र अर्काले असफलता अनुभव गरेका छन् ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको फिल्म ‘परान’बाट दीपकले निर्देशनमा डेब्यू गरेका हुन् । यो नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने चौथो फिल्म बनेको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले कात्तिक १४ देखि पुस १२ गतेसम्म १७ करोड ६३ ग्रस कलेक्सन गरेको छ । यो फिल्म हेर्नका लागि ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएको छ ।

डेब्यू फिल्ममै दीपकले ठूलो व्यापारिक सफलता हात पारेका हुन् । उनले इतिहास कायम गरेका छन् ।

अर्का कलाकार अर्जुनको डेब्यू भने सुखद रहेन । यो फिल्मले सुरुवाती ९ प्रदर्शन दिनमा मात्रै ६२ लाख ६९ हजार ग्रस कलेक्सन गरेको छ । बोर्डका अनुसार पुस ४ देखि १२ गतेसम्म यो फिल्म हेर्न १९ हजार ७९३ वटा टिकट बिक्री भएको छ ।

समीक्षात्मक रुपमा पनि कमजोर देखिएको यो फिल्मको व्यापार सुरुवातदेखि नै कमजोर छ । व्यापारिक रुपमा फिल्म फ्लप भएपछि अर्जुन भने हलले शो कम दिँदा राम्रो ग्रस कलेक्सन नभएको तर्क गरिरहेका छन् ।

यस बेला सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गीत गाउँदा पनि यो फिल्मको हाइप बढेन । बालेनले यस फिल्ममा समावेश गीत ‘आम नेपाली बुवा’ गाएका हुन् ।

‘परान’ र ‘झरिपछिको इन्द्रेणी’को व्यापारमा १७ करोड चार लाखको अन्तर छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : ३८ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको