दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू)  « Khabarhub

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा चटारो देखिएको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा बिहानदेखि नै विभिन्न दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिएको थियो । समयसीमा सकिन लाग्दा पनि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिलेसम्म सूची बुझाएका छैनन् ।

आयोगका अनुसार अन्तिम समयसम्म सूची नबुझाएमा कानुनी व्यवस्था अनुसार कारबाही हुने छ । यसैबीच, केही साना तथा क्षेत्रीय दलहरूले भने समयमै बन्द सूची दर्ता गराइसकेका छन् ।

सूची बुझाउने समयसीमा आज कार्यालय समयभित्रै सकिने भएकाले ठूला दलहरू अन्तिम क्षणमा आयोग पुग्ने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४१ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा